
एजेन्सी । इजरायली फिल्म निर्माता नादाभ लापिडले भारतीय फिल्म ‘द कश्मीर फाइल्स’लाई अश्लील र प्रोपोगान्डा भएको भनेका छन् ।
सोमबार भारतको गोवामा आयोजित ५३ औँ फिल्म फेस्टिभलको समापन समारोहमा उनले यस्तो बताएका हुन् । उनी इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियाको निर्णायक प्रमुख पनि हुन् । उनले महोत्सवमा यस्तो फिल्म देखाएकोमा दुःखी भएको बताउँदै फिल्मलाई निकै अभद्र, पनि भनेका छन् ।
लापिडले भनेका छन्, ‘द कश्मीर फाइल्स’ फिल्म हेरेर हामी सबै विचलित र छक्क भयौं । हामीले यो फिल्म अश्लील र प्रचारमा आधारित पायौं । यस्तो प्रतिष्ठित फिल्म फेस्टिभलका लागि यो फिल्म उपयुक्त छैन ।’
जब लापिडले यी कुराहरू भन्दै थिए, त्यस समयमा केन्द्रीय मन्त्री अनुराग ठाकुरलगायत धेरै ठूला नेताहरूसँग उपस्थित थिए । लापिडको भनाइको अभिनेता अनुपम खेर र फिल्म निर्माता अशोक पण्डितले विरोध गरेका छन् ।
‘द कश्मीर फाइल्स’ले ९० को दशकमा कश्मीर घाँटीमा त्यहाँका हिन्दू पण्डितमाथि भएको बर्बरता र पलायनको घटनालाई चित्रण गर्छ । बलिउडमा यो फिल्म यस वर्षकै सर्वाधिक नाफा कमाउने फिल्म समेत बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्