१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा ३७ हजार ७ सय ३६ मत बदर


260
Shares

कपिलवस्तु । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कपिलवस्तुमा ३७ हजार ७ सय ३६ मत बदर भएको छ ।

आमनिर्वाचन अन्तर्गत जारी प्रतिनिधि सभा तथा प्रदेश सभाको मतगणनाको क्रममा सो संख्यामा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ १३ हजार ४५६ मत र प्रदेशसभातर्फ ११ हजार १४३ मत बदर भएको कार्यालयले जनाएको हो । प्रतिनिधिसभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै मत बदर भएको हो ।

उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा अन्तर्गत प्रदेश सभा १ मा १.३२ प्रतिशत र प्रदेशसभा २ मा ५.८१ प्रतिशत मत बदर भएको कार्यालयले उल्लेख गरेको छ ।