
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी मंगलबार विजयी हुनुभएको छ ।
आफ्नो चुनावी क्षेत्रमा निकै प्रभावशाली उपस्थिति जनाउँदै आएका नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित हुनुभएको छ । कांग्रेसका उम्मेदवार गच्छदारलाई पछि पार्दै चौधरी विजयी हुनुभएको हो ।
चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त गर्नुभएको छ भने गच्छदारले ३५ हजार ६ सय ७ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्