२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


अमेरिकामा पहिलो पटक महाविहार स्थापना, बज्रयान बौद्ध धर्मको अभ्यास


7.813k
Shares

काठमाडौं । बज्रयान बौद्ध धर्मको केन्द्र नेपाल मण्डल । तर बज्रयान बौद्ध धर्मसँग सम्बन्धित थुप्रै महत्वपूर्ण ग्रन्थ राणाकालमा नष्ट गरिए । यस्तै, कयौं ग्रन्थ विदेशिए । यहाँसम्म कि दैनिक अभ्यासमा समेत बाधा पुग्यो । तर अहिले अमेरिकामा बज्रयान महाविहारको स्थापना गरेर बज्रयान दर्शन, कला संस्कृति र अभ्यासको प्रवद्र्धन भईरहेको देख्दा कम्ता रोचक लाग्दैन ।

बज्रयान बौद्ध धर्मको केन्द्र नेपाल मण्डल । विगतमा सिद्ध महापुरुष र गुरुहरु यहाँ धर्मको अभ्यास गरेको इतिहास छ । जसका कारण यहाँ थुप्रै विहार र महाविहारहरु निमार्णका साथै धेरै मौलिक बौद्ध ग्रन्थ सृजना भए । तर, समयकालसँगै यस्ता महत्वपूर्ण ग्रन्थ नष्ट गरिए भने कयौं विदेशिए । विहार र महाविहारहरुमा धर्मको अभ्यास कम हुँदै परिवारमा सीमित भए ।

बज्रयान बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन ३ सय ५० वर्षपछि अमेरिकाको पोर्टल्यान्डमा पहिलो पटक नृत्य मण्डला महाविहार स्थापना गरेर बज्रयान बौद्ध धर्मको अभ्यास हुँदै आएको छ । पोर्टल्याण्ड बहाः नामबाट प्रसिद्ध महाविहार स्थापना भएको १३ वर्ष भइसकेको छ । जहाँ विदेशी र नेपालीहरुले दैनिक रुपमा बज्रयान दर्शन अनुसार अभ्यास गर्दै आएका छन् ।

महाविहारले प्रमुख रुपमा नेपालको मौलिक गुह्य चर्या नृत्यको अभ्यास र साधना गर्दे आएको छ । हजारौ धर्म अनुरागी दिक्षित पनि भईसकेका छन् । महाविहारका प्रमुख एवं नृत्य गुरु प्रज्वल रत्न वज्राचार्यले बज्रयान बौद्ध धर्म नयाँ शिराबाट विश्वमा प्रवद्र्धन भइरहेको बताउनुभयो । उहाँले नेवार बुद्धिजमको रुपमा पनि यो बज्रयानी दर्शन विश्वमा फैलिरहेको बताउनुभयो ।

बज्रयानी चर्या नृत्यको ध्यानमुद्रा र ध्यान भाव विशिष्ट भएका कारण पनि विश्वमा पहिचान बनाइ रहेको कलाकार जोशुआ प्रोटो बताउनुहुन्छ । कलाकार एडम विदेमा बज्रयानी दर्शन र साधना आफनो दैनिक जीवनको अभिन्न अगं भइसकेकोमा खुशी व्यक्त गर्नुहुन्छ । त्यस्तै, महाविहारमार्फत बज्रयानी दर्शनको प्रवद्र्धनमा जोडिन पाएकोमा कृतज्ञ रहेको कलाकार टेया देसेसा बताउनुहुन्छ ।

बज्रयानी बौद्ध धर्मको मौलिक दर्शन, परम्परा, कला र संस्कृतिलाई जोगाई राख्न महाविहार प्रयास सराहनीय छ ।