२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीका सुनुवार समुदाय आफ्नो संस्कृति संरक्षणमा जुट्दै


273
Shares

सिन्धुली । सिन्धुलीका सुनुवार समुदाय पछिल्लो समयमा आफ्नो जातीय कला र संस्कृतिको संरक्षणमा जुट्न थालेका छन् ।

सिन्धुलीका विभिन्न स्थानमा छरिएर रहेका सुनुवार समुदायले परम्परादेखि मनाउदै आएको जातीय चाडपर्वहरू समेत सामूहिक रूपमा मनाउने गरेका हुन् । सुनुवार जातिको चाडपर्वका अवसरमा सुनुवार जातिले आफ्नो मौलिक भेषभूषा लगाई ढोलक बजाएर मूलबाटो र बजारमा नाच्ने प्रचलन रहेको छ ।

सुनुवार जातिको आफ्नै मौलिक विशेषता झल्कने मुख्य चाड चण्डी पूर्णिमाका दिन आफ्नो जातीको सबै भन्दा जेठो व्यक्तिको घरमा जम्मा भई भोज खाने र नाचगान गर्ने परम्परा रही आएको हुन्छ । जाती–जनजातिहरू मध्धे पनि लोपोन्मुख जातीमा पर्ने सुवार जातीको सिन्धुली जिल्लामा करिब १५ हजार जनसंख्या रहेको एक तथ्यांकले देखाएको छ ।

सिन्धुलीका पुरानो झागाझोली, बस्तीपुर, अमले, तामाजोर, महादेव डाँडा र कमलामाई नगरपालिकाका केही स्थानहरूमा सुनुवार जातिको बसोबास रहेको छ ।