
सिन्धुली । यस वर्ष सिन्धुलीका गढतीर क्षेत्रमा हिउँदे मकैकाे खेती सप्रिएकाे छ ।
जसका कारण यहाँका बासीन्दाहरूले खाद्यान्नकाे संकट बेहोर्नुनपर्ने भएको हाे । सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको गढतिर क्षेत्रमा हिउँदे मकैमा घोगा लागेर पहेलै भएर खाने बेला भएको सुनकोशी-६ का किसान सालीग्राम थापाले बताउनुभयाे। जिल्लाको कुल क्षेत्रफल २ हजार ४ सय ७७ वर्ग किलोमिटर मध्धे खेती योग्य जमिन कुल ४९ हजार ७ सय ८९ हेक्टर क्षेत्र रहेको छ ।
यस मध्धे २३ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा यस वर्ष वर्षे मकै खेती गरिएको थियो भने लगभग ५ हजार हेक्टर क्षेत्रमा हिउँदे मकै हुने गरेको छ । जिल्लाको खेती योग्य भू–भागमा मकै खेती प्रतिहेक्टरमा ३ हजार ३ सय ३० केजीका दरले उत्पादन हुने गर्दछ । जिल्लामा प्रायः बंगारे, सेती, सठिया र मुरली जातका मकैको खेती गरिन्छ । यी बाहेक रामपुर, कम्पोजिट मनकामना–१ रामपुर पहेलो, अरुण–२ र खुमल पहेलो जातका मकै पनि खेती गरिन्छ ।
जिल्लामा उत्पादन भएको कुल मकै खेतीको ४९ हजार ९० मेट्रिकटन मध्धे ३५ हजार १ सय ६८ मेट्रिकटन मकै प्रशोधित तथा खानका लागि योग्य मानिन्छ । विगतमा कृषकहरूले प्रयोग गरेको घरेलु बीउ र जैविक मलको तुलनामा उन्नत बीउ, रासायिनक मल र किटनाशक औषधिको प्रयोगले भने अन्नबालीे उत्पादनमा अझ वृद्धि भएको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्