
एजेन्सी । भारतीय अभिनेत्री कृति सेननले दक्षिण भारतीय अभिनेता प्रभाससँगको प्रेम सम्बन्धको बारेमा खुलासा गरेकी छन् ।
केही समयदेखि प्रभास र कृति प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् । तर, प्रभाससँगको आफ्नो विवाह र प्रेम सम्बन्धको बारेमा अहिले कृति आफैंले मौनता तोडेकी छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यो समाचारमा कुनै सत्यता नभएको समेत बताएकी हुन् ।
कृतिले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘न त यो प्यार हो न यो पीआर हो । वरुण धवनले रियालिटी शोमा अलिकति बढी बोलेका हुन् । त्यसपछि विभिन्न किसिमका हल्लाहरू फैलिएका छन् । केही सञ्चार माध्यमले मेरो विवाहको मिति घोषणा गर्नुअघि, मलाई तपाईंको गलत धारणाहरू हटाउन दिनुहोस्। यी अफवाहहरू पूर्णतया गलत हुन्। यसमा कुनै सत्यता छैन ।
भारतीय फिल्म ‘भेडिया’ को प्रमोसन कार्यक्रममा वरुण धवनले प्रभास र कृति प्रेम सम्बन्धमा रहेको संकेत गरेपछि कृतिले सामाजिक सञ्जाल मार्फत आफूहरू प्रेम सम्बन्धमा नरहेको र त्यो केबल एक हल्ला मात्र भएको बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्