
सोलुखुम्बु । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सोलुखुम्बुका १४ जना उम्मेदवारको जमानत जफत भएको छ ।
मत पेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभा तर्फका ६ जना र प्रदेशसभातर्फका ८ जना उम्मेदवारको जमानत जफत भएको हो ।
निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रतिनिधि सभा सदस्यको जनही १० हजार र प्रदेश सभा सदस्यको जनही ५ हजार धरौटी राख्नुपर्ने प्रावधान छ ।
प्रतिनिधि सभातर्फ कुल खसेको ४० हजार ७३ मतमध्ये ३७ हजार ८ सय १० मत सदर भएको थियो । यस्तै, प्रदेश सभा क तर्फ २० हजार ६ सय ४० मत खसेकोमा १९ हजार ४ सय ७४ मत र प्रदेशसभा ख मा १९ हजार ४ सय ३३ मत खसेकोमा १८ हजार ५ सय ७२ मत सदर रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्