
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनुभएको छ ।
महिला सुरक्षा दवाव समूह, नेपालले गरेको एक कार्यक्रममा उहाँले मंसिर १५ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्नुभयो । त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको उहाँले बताउनुभयो ।
महामन्त्री थापाले सबै राजनीतिक दलले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानून संशोधन गर्ने काममा ढिलाई गर्न नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्