१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दोलखाका १० मतदात केन्द्रमा बिहीबार निर्वाचन, तयारी पूरा


455
Shares

काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार बिहीबार हुने निर्वाचनका लागि तयारी पूरा भएको र ४ वटा बुथमा करिब आठ हजार मतदाता रहेको जानकारी दिनुभयो ।

आयोगको यही मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन समेत दिएको थियो ।