
एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डालाई ईडी (भारतीय प्रवर्तन निर्देशनालय) ले सोधपुछका लागि बोलाएको छ ।
विजय अभिनित पछिल्लो फिल्म ‘लाइगर’का कारण उनी समस्यामा परेका छन् । उनको उक्त फिल्ममा कालो धन प्रयोग भएको आरोप लागेपछि उनलाई सोधपुछका लागि बोलाइएको हो ।
ईडीलाई प्राप्त आरोप पत्र अनुसार फिल्म निर्माण र प्रमोशनमा अवैध पैसा लगायत विदेशी कोष प्रयोग गरिएको उल्लेख छ । फिल्मको बारेमा आएको यो आरोपपछि ईडीले कारबाही सुरु गरेको हो । निर्माता एवं निर्देशक करण जोहरको प्रोडक्सन हाउस अन्तर्गत बनेको उक्त फिल्म हिन्दी र तेलुगुमा रिलिज भएको थियो । ठूलो बजेटको फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । अहिले ईडीमा भने फिल्ममा विदेशी लगानीको प्रयोग भएको भन्दै उजुरी परेको छ ।
भारतीय सञचार माध्यमका अनुसार फिल्ममा विदेशी कोषको लगानी गरेको आरोपपछि ईडीले निर्देशक पुरी जगन्नाथ र निर्माता चार्मी कौरलाई नोभेम्बर १७ मा सोधपुछको लागि बोलाएको थियो भने अब ईडीले विजयलाई बोलाएको हो ।
फिल्ममा विजयका अलावा अनन्या पाण्डे, राम्या कृष्णन महत्वपूर्ण भूमिकामा थिए । फाइटर माइक टायसन पहिलो पटक यस फिल्म मार्फत ठूलो पर्दामा देखा परेका थिए। फिल्म २५ अगस्ट २०२२ मा रिलिज भएको थियो।
प्रतिक्रिया दिनुहोस्