
तेह्रथुम । ‘औद्योगिक लगानी र पुर्वाधार, समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ तेह्रथुमको छथर गाउँपालिकामा सुरक्षा गार्ड तालिम सुरू गरिएको छ ।
युवाहरुलाई सिप र रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ तालिम सुरू गरिएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
छथर गाउँपालिकाको २६ जनाको सहभागिता रहेको तालिम १५ दिन सम्म सञ्चालन हुनेछ ।
स्थानीय स्तरमा युवाहरुले सुरक्षा गार्डको तालिम प्राप्त गरेसँगै रोजगारीको सिर्जना हुने पौडेलले बताउनुभयो ।
छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले तालिमको उद्घाटन गर्दै आजको आवश्यकता भनेको सिप भएकोले पनि शैक्षिक योग्यतासँगै सिपको खाँचो हुने बताउनुभयो ।
जिल्लाको ६ वटै पालिकाहरुमा सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ । तालिम घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमको आयोजनामा सुरू भएको हो ।
प्रतिक्रिया दिनुहोस्