
फाइल तस्बिर
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी सरकार कसकाे नेतृत्वमा बन्ने बारेमा मुख खाेल्नु भएकाे छ ।
बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताउनु भएकाे छ । उहाँले भन्नुभयाे,’कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नु हुनेछ।’
उहाँले मतदाताले आफूमाथि विश्वास गरेकाेप्रति आभार व्यक्त गर्दै धन्यावाद दिनुभयाे । मन्त्री कार्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गर्नुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्