१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाजुरामा मतगणना शुरु गर्ने तयारी


195
Shares

महेश कार्की
बाजुरा । बाजुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना शुरु गर्ने तयारी गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकमा आज अपरान्ह् साढे ३ बजेबाट मतगणना शुरु गर्ने सहमती भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना शुरु गर्न बुधबार निर्देशन दिएको भएपनि बुधवारको सर्वदलीय बैठकमा नेकपा एमालेले सहभागी नजनाएपछि मतगणना अनिश्चित बनेको थियो । आयोगले निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहितका दलहरु सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो । बिहिवार बिहान ७ बजे बैठक बसेपनि सहमतिका लागि दिउँसो ११ बजे बैठक बस्ने तय भएको थियो । त्यसपछि दलहरुबीच मतगणना शुरु गर्ने सहमती भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

मंसिर ४ गते भएको मतदानमा धाँधली भएको उजुरी परेपछि बाजुरामा मतगणना हुन सकेको थिएन । निर्वाचन सकिएको १२ दिनपछि बाजुरमा मतगणना हुन लागेको हो ।