
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ९ सय ३ जनाको नमूना परीक्षण गरिएको थियो ।
३ सय ३७ जनाको पीसीआर र ५ सय ६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार २४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्