१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङजा–२ मा काँग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै


4.498k
Shares

स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ ।

जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउनु भएको छ । मतगणनमा शुरुवाती अग्रता कायम गर्नुभएकी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल गुरुङसँग २ हजार ४३ मतले पछाडि पर्नुभएको छ । मतगणनाको प्राप्त पछिल्लो परिणाम अनुसार काँग्रेस उम्मेदवार गुरुङले ७ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमाले उम्मेदवार अर्यालले ५ हजार ८६३ मत ल्याउनु भएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा सो क्षेत्रमा धाँधली भएको उजुरी निर्वाचन आयोगमा परेपछि मतगणना रोकिएको थियो । तर आयोगले बुधवार मतगणना गर्न निर्देशन दिएपछि बुधवार रातिबाटै मतगणना शुरु भएको हो ।