६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विराटनगरमा ‘सिएनआई एक्स्पो’ हुँदै


91
Shares

काठमाडौं । आगामी माघ तेस्रो साता विराटनगरमा सिएनआई एक्स्पो २०२३ आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ १९ देखि २८ गतेसम्म हाइड्रो, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला गर्न लागेको जानकारी गराएको हो ।

प्रदेश १ परिसंघका सदस्य गिरिजा सार्दले अन्य भन्दा यो एक्स्पो फरक ढङ्गले गर्न खोजेको बताउनुभयो । एक्स्पोमा भारतीय उद्यमीलाई समेत बोलाउने प्रयास भइरहेको भन्दै उहाँले मेलामा ५० करोड बढीको व्यापार हुने अपेक्षा रहेको बताउनुभयो ।

१० दिनसम्म चल्ने एक्स्पोमा ३ सय ५० वटा स्टल राखिने जनाइएको छ ।