२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


खुम्बुमा घट्यो पर्यटकको चहलपहल


390
Shares

सोलुखुम्बु । चिसो बढ्दै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पुगेका विदेशी पर्यटकहरु धमाधम फर्कन थालेका छन् ।

तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य पर्यटकीय स्थलमा जाने पर्यटकहरु दिन प्रतिदिन फर्कन थालेका हुन् ।

हिमपात र जाडोको सिजन सुरु भएकाले यहाँका पदमार्गमा बाह्य पर्यटकहरुको आवातजावत कम हुन थालेकाले खुम्बुक्षेत्र प्रायः सुनसान जस्तै बनेको छ ।

हवाइमार्ग प्रयोग गरी आउने पर्यटकहरुका कारण तेञ्जिङ हिलारी विमानस्थलमा फर्कनेको संख्या बढिरहेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ ।

टे«किङ सिजन शुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायीहरु सबै फर्किएका छन् ।

त्यस्तै, होटल व्यवसायीहरु पनि अफ सिजनमा जाडो छल्न काठमाडौ तथा तराईका विभिन्न क्षेत्रमा जान थालेका छन् ।