१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काभ्रेमा ३२ हजार मत बदर


2.795k
Shares

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार ४५५ मत बदर भएको छ ।

प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो ।

जिल्लामा एक लाख ८७ हजार ३३० जनाले मतदान गरेका थिए । जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेका थिए ।

जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार ४६२ महिला तथा १ लाख ८ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए ।

क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ ४ हजार ४२६ तथा समानुपातिकतर्फ ३ हजार ७२२ मत बदर भएको छ ।

क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए ।

क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३ हजार ८३७, समानुपातिकतर्फ ३ हजार ९१३ तथा क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ १ हजार ४५१, क्षेत्र नं २ (२) मा १ हजार ७५१ तथा समानुपातिकतर्फ ५ हजार ४२६ मत बदर भएका थिए ।

यसैबीच प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणामअनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो । धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन् ।