
काठमाडौं । महानायक राजेश हमालले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले होटल व्यवसायहरु नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताउनुभएको हो । उहाँले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताउनुभयो ।
महानायक हमालले अहिले नेपालका विभिन्न स्थानमा हातमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको भन्ने बारेमा पनि निरिक्षण हुन जरुरी रहेको बताउनुभयो । उहाँले देशमा अहिले च्याउ उम्रिएझैं होटलहरु बन्दै गएपनि तिनीहरुको गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताउनुभयो ।
महानायक हमालले रेण्डरबुकिङ डटकमले नेपालमा नै पहिलो पटक खुला नोमिनेसन तथा गोप्य र आधुनिक प्रक्रियाबाट मूल्यांकन गरिने गरी विभिन्न १५ बढी विधामा नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते सञ्चालन गर्नुले कोरोना कालमा खुम्चिएको पर्यटन र अर्थतन्त्रको विकासका लागि सहयोग पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्