
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई कडा प्रश्न तेर्साउनु भएकाे छ । उहाँले बालेनले अमेरिकी राजदूतसँग गरेको भेटवार्तालाई लिएर प्रश्न तेर्साउनु भएकाे हाे ।
बालेनले बिहीवार अमेरिकी राजदूतसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न उठाउनु भएकाे हाे ।
नेपालको परराष्ट्र सम्बन्धन मामिला संघीय सरकारमातहत रहने स्मरण गराउँदै उहाँले यदि बालेन्द्रले परराष्ट्रमन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताउनु भयाे ।
उनले ट्वीटरमा लेख्नुभएकाे छ, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

प्रतिक्रिया दिनुहोस्