
फाइल तस्बिर
काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा महानगरीय प्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध काठमाडौं महानगरपालिकाले किटानी जाहेरी दिएको छ ।
उक्त घटनामा संलग्न ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएको काठमाडौं महानगरले जनाएको छ ।
किटानी जाहेरीमा १ महिलासहित ५ जना पुरुष रहेका छन् । किटानी जाहेरीमा पर्नेहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गर्ने जनाएको छ ।
उक्त घटनामा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे सहित १८ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्