
स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उहाँ २ हजार २१३ मतले अगाडि रहनु भएको हो ।
गुरुङले २२ हजार ४८० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २० हजार २६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार २३८ मत प्राप्त गर्नुभएको छ ।
स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो ।
यसैगरी, स्याङ्जा–२ को प्रदेश सभा २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम गर्नु भएको छ ।
उहाँले १० हजार २६२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच १४२ को मतान्तर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्