२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


निर्वाचनको समीक्षा गर्न माओवादी पदाधिकारीकाे बैठक आज बस्दै


234
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले आज (शनिबार) दिउँसो ३ बजेका लागि पदाधिकारीकाे बैठक बोलाएको छ ।

साेही बैठकमा आम निर्वाचनको समीक्षा र नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रकी नेतृ रेखा शर्माले ईमेज खबरलाई जानकारी दिनुभयाे । पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा पनि छलफल हुने माओवादीले जनाएकाे छ ।

आम निर्वाचनकाे मतपरिणाम राम्रो नआएपछि पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालको आलोचना समेत सुरू भएको छ ।