३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको फराकिलो अग्रता


11.908k
Shares

स्याङ्जा । स्याङजा–२ मा सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले सुरूवातदेखि नै अग्रता कायम राख्नु भएको छ । उहाँलाई निकटम् प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार गुरुङले २५ हजार ६५३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी अर्यालले २२ हजार २१३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ३ हजार ४४० को मतान्तर रहेको छ ।

यसैगरी, स्याङ्जा–२ को प्रदेश सभा २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम गर्नु भएको छ ।

उहाँले १३ हजार ६२७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार ३४५ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच १ हजार २८२ को मतान्तर रहेको छ ।