
स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउँदै लैजानुभएको छ ।
गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा ५ हजार ९७५ मतले अगाडि हुनुहुन्छ । हालसम्मको मतगणनाअनुसार गुरुङले २९ हजार ५६६ मत प्राप्त गर्दा अर्यालले २३ हजार ५ सय ९१ मत ल्याउनुभएको छ ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका ६ वडा गरी ४१ वडाको मगतणना सकिएको छ ।
अहिले ४ हजार ८७१ मत गणना गर्न बाँकी रहेकाे छ । यदि गणना गर्न बाकी रहेकाे मत अर्यालकाे पाेल्टामा गए पनि गुरुङकाे जित सुनिश्चित भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्