
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिनुभयो ।
भर्खरै सम्पन्न निर्वाचतका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उहाँको भनाइ थियो ।
गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गर्नुभएको थियो । उहाँले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्