१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सलोनको ‘राजा रानी’ म्युजिक भिडियो सार्वजनिक


910
Shares

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहार स्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो ।

४ मिनेट ३५ सेकेण्ड लामो गीत र भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहार स्वरुप दिएका हुन् ।

कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले विवाहको उपहार स्वरुप पाएको गीत एकदमै राम्रो भएको बताए । उनले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै नै राम्रो र धेरै मन पराउने आशा गरेको बताए ।

आएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरु देखाइएको छ । गीतको रचना गायक आमेष भण्डारी स्वयंले गरेका हुन् भने उनलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् ।

अभिनेता बस्नेतले एयर होस्टेज करिष्मा केसीसँग गत मंसिर १२ गते विवाह गरेका हुन् ।