२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीको चनौटेमा १ सय बढी घरमा खानेपानीको धारा जडान


104
Shares

सिन्धुली । सिन्धुली जिल्लाकोे मरिण गाउँपालिका–३ चनौटेका १ सय ३ घरमा खानेपानीको धारा जडान गरिएको छ ।

चनौटेबासी स्वच्छ पिउने पानीको समस्या खेप्दै आएका थिए । सोही स्थानमा रहेको दरबार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको निर्माण सम्पन्न भएसँगै यहाँका बासीन्दाहरुले खानेपानीको सुविधा पाएका हुन् । वर्षाैंदेखि खानेपानीको समस्याले निकै सास्ती व्यहोर्दै आएका चनौटेबासीको घर–घरमा खानेपानीको धारा विस्तार भई सेवा प्रवाह भएपछि स्थानीय खुशी भएका छन् ।

स्थानीयले प्रयोगबाट बढी भएको पानीलाई गाई वस्तुलाई खुवाउने करेसाबारीमा साग सब्जी रोप्न समेत सदुपयोग गरेका छन्। मरिण गाउँपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा २०७८ भदौमा सम्झौता भएकाे थियाे । ६२ लाख १८ हजार ८ सय ६८ लागतमा सोही खानोपानी आयोजना निर्माण सम्पन्न भएको हो । खानेपानी आयोजनाबाट १ सय ३ घर धुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध हुने भएको नेपाल स्वास्थका लागि पानी (नेवा) ले जनाएको छ ।

मरिणखोला नजिकै रहेको इनारबाट ५ सय मिटरमाथि डाँडामा ४ वटा पानी ट्याङकी बनाई पानी वितरण गरिएको छ ।