१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिन्धुलीको सिद्धेश्वर खानेपानी संस्थामा नयाँ नेतृत्व चयन हुने


78
Shares

सिन्धुली । सिन्धुलीकाे सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नयाँ नेतृत्व चयन गरिने भएको छ ।

आगामी पुष ३० गते सिन्धुलीमाढीमा सोही सस्थाको छैटौं अधिवेशनबाट सदरमुकाम सिन्धुलीमाडीमा खानेपानी आपूर्तिका लागि नयाँ नेतृत्व चयन गरिने भएकाे हाे । सोही अधिवेशनमा खानेपानीको ३ महिना भन्दा बढी पानीको बिलको वक्यौता तिर्न बाँकी रहेका सदस्यहरुलाई चुन्ने र चुनिने अधिकार नदिईने निर्णय भएको छ ।

पुष २५ गतेसम्म ३ महिना अगाडिको वक्यौता भुक्तानी गर्नेले मात्र अधिवेशनमा सहभागि हुन पाउने जनाइएकाे छ। सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा ३ हजार ४ सय ५५ घर धुरीले धारा जोडेका छन् ।

संस्थाले निर्माण गरिरहेका आयोजनाहरू पूर्ण हुँदा ३ हजार घरधुरीलाई थप पानी आपूर्ति गर्न सकिने जनाएको छ ।