
काठमाडौं । चलचित्र ‘डेसान’ काे आइतबार सेन्सर पास भएको छ ।
चलचित्र सेन्सर बोर्डले फिल्मलाई हेर्दै सबैले हेर्न मिल्ने ‘युनिभर्सल प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो ।
निर्देशक कमल एक्चै मगरले चलचित्रकाे सेन्सर पास भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले सेन्सर पास भएको प्रमाण पत्रका साथ लेखका छन्, ‘युनिभर्सल प्रमाण पत्रका लागि सेन्सर बोर्डप्रति अभारी छौं ।’
नवअभिनेता, अभिनेत्रीद्वय निशान चौहान र पुनम थापाको मुख्य भूमिका रहेको चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगर लगायतको अभिनय रहेको छ ।
चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी रहेको छ ।
चलचित्र आगामी शुक्रबारबाट प्रदर्शनमा आउने छ ।
प्रतिक्रिया दिनुहोस्