
काठमाडौं । कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १.३७ ले बढेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले य सवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३.९२ प्रति हेक्टर रहेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष कञ्चनपुरमा एक लाख ९० हजार एक सय चार मेट्रिक टन धान उत्पादन भएको छ ।
गत वर्ष कञ्चनपुरमा धानको उत्पादन २ दशमलव ५५ मेट्रिक टन प्रतिहेक्टर थियो । जिल्लामा ४८ हजार छ सय हेक्टरमा धानखेती हुन्छ । सूचना अधिकारी जोशीका अनुसार यहाँ उत्पादन हुने कञ्चनपुरमा खपत भइ ८६ हजार मेट्रिक टन धान बचत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
किसानले समयमै रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरू बताउँछन् । भीमदत्तनगरपालिका–१५ का विष्णु जोशीले सरकारले समयमै मल उपलब्ध गराउन सके धान, गहुँको उत्पादकत्व बढ्ने बताउनुभयो । तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीलाई सुदूरको खाद्य भण्डारको रुपमा लिइन्छ ।
प्रतिक्रिया दिनुहोस्