१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘चि मुसी चि’ मोसन पोस्टर सार्वजनिक


52
Shares

काठमाडौं । ‘चि मुसी चि’ इभन डेड डिजायर बिलङ्गिङ’ चलचित्रको को मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पुस १५ गते रिलिज हुने भनिएको चलचित्र एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण पक्षले दिएको हो ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको चलचित्रको सार्वजनिक मोसन पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ । चलचित्रको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् ।

चलचित्र नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने निर्माण पक्षको दाबी छ । चलचित्रमा रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्तीको लगानी रहेको छ ।

चलचित्रले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण पक्षको विश्वास रहेको छ । चलचित्र पुस २२ मा रिलिज हुने भएको छ ।