१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित भवनको उद्घाटन


130
Shares

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नवनिर्मित कार्यालय भवनसहितका संरचना उद्घाटन भएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन सोमबार एक कार्यक्रमकाबीच उद्घाटन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले नव निर्मित भौतिक संरचनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीलाई कार्य सम्पादनमा सहजता हुनुका साथै थप हौसला मिलेको समेत बताउनुभयो ।

कार्यक्रममा सिंहले भवन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गर्नु हुने बताउनुभयो । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रहरीलाई सुविधा सम्पन्न भवन प्राप्त भएसँगै थप जोश र जाँगरका साथ प्रहरी काम कारवाही गर्न उर्जा मिलेको बताउनुभयो ।

नव निर्मित भवन १० करोड १० लाख ४४ हजार लागतमा निर्माण कार्य सम्पन्न भएको भएको हो ।