२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


सुनको कोटा बढाउन व्यवसायीको माग


156
Shares

काठमाडौं । सुनचाँदी ब्यवसायीले सुनको आपूर्ति बढाउन दबाब दिएका छन् ।

कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालनमा नै कठीनाई भएको भन्दै उनीहरुले आपूर्ति ब्यवस्थालाई सुधारगर्न आग्रह गरेका हुन् ।

नेपाल सुनचाँदी ब्यवसायीसंघ चितवनको प्रतिनिधिमण्डलले सोमबार नेपाल सुनचाँदी ब्यवसायी महासंघमा एक ज्ञापनपत्र बुझाउँदै आपूर्ति ब्यवस्था प्रावकारी वनाउन र यसकालागि सरकारसँग आवश्यक समन्वय समेत गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष डा. यमवहादुर विश्वकर्माको नेतृत्वमा गएको प्रतिनिधीमण्डले आवश्यक सुन नपाएर व्यवसायै चलाउनै कठिन परेको भन्दै कोटा बढाई व्यवसथ्थापनमा समेत सुधार गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसायीका गुनासालाई महासंघले गम्भीररुपमा लिएको र समस्या समाधानकालागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुुभयो । पछिल्लो समयमा बैंकमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ ।

बजारको माग भने यो भन्दा निकै बढी भएको व्यवसायीहरु बताउछन् ।