७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीमा गहुँ खेती फस्टायो


130
Shares

सिन्धुली । विगत वर्षको तुलनामा यस वर्ष सिन्धुली जिल्लाको कमलाखोच, मरिण र चदाहा क्षेत्रका फाँटहरूमा गहुँ खेती फस्टाएर गएको छ ।

धान भित्र्याएपछि सिन्धुली जिल्लाका किसानहरूले मरिण, कमला र चदाहा लगायतका क्षेत्रमा गहुँ खेती लगाईएको हो ।

यस वर्ष सिन्धुली जिल्लामा बाह्रै महिना सिँचाई हुने बीस हजार हेक्टर क्षेत्रफलमा किसानहरुले गहुँ खेती गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

सिन्धुली जिल्लामा मुडुले, हाईब्रिड लगायतका विभिन्न आधुनिक जातका गहुँबाली लगाईने गरिएको छ ।

गहुँ खेतीका लागि गरम मध्यम जलवायु नै उत्तम भएकाले सिन्धुली जिल्लाको कमलाखोच, मरिणखोला र चदाहा लगायतका फाँटहरुमा गहुँ उत्पादन हुने गर्दछ ।

यस वर्ष सिन्धुली जिल्लामा प्रति हेक्टर ७ मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको छ ।