
अर्घाखाँची । प्युठानमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् ।
पाल्पाको एक बिहेभोजमा सहभागी प्युठान नगरपालिका–६ का एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिनुभयो ।
शुक्रबार पाल्पाको एक बिहेभोजमा सहभागी भएर घर फर्किएका उनीहरु बिरामी परेका हुन ।
उनीहरुमा ज्वरो, पखाला र वान्ता लगायतका समस्या देखिएपछि सबैलाई उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल बिजुवारमा लगिएको छ । उनीहरू सबैको उपचार भैरहेको र अहिले उनीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको समेत सुचना अधिकारी थापामगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्