१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक


195
Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलोसँगै वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ ।

भारत सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो ।

दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषणको समस्या हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन् ।

भारतको केन्द्रीय प्रदुषण मापन बोर्डले सोमबार दिल्लीको वायुको गुणस्तर निकै कमजोर रहेको भन्दै निर्माण सम्बन्धी काममा रोक लगाउने निर्णय गरेको हो ।

वायु प्रदुषणको सूचांक तीन सयदेखि चार सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा पुग्नु हो भन्दै यसबाट पर्न सक्ने असरका लागि भारत सरकारले क्षमा याचना पनि गरेको छ ।

दिल्ली सरकारले डिजलबाट चल्ने अटोरिक्सा सञ्चालन पनि केही समयका लागि रोक लगाएको छ ।