
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्यटकीय ज्यामरुककोट ओझेलमा पर्दे गएको छ ।
प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै गएको हो ।
धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका १४ वटा हिमश्रृङ्खला, म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ, कास्की, कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य यहाँबाट देख्न सकिन्छ ।

प्राकृतिक, जैविक, साँस्कृतिक विविधता, ऐतिहासिक महत्व बोकेको खड्ग भवानी कोतलगायतका स्थानले पर्यटकलाई आकर्षित गर्ने अनेकौं सम्पदा र विविधताहरु रहेको बेनी नगरपालिका २ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
आवश्यक बजेटको अभावमा प्रचार प्रसार र भौतिक पूर्वाधार निर्माण गर्न नसकिएकोले प्रशस्तै सम्भावनाहरू हुँदाहुँदै पनि यो क्षेत्र ओझेलमा परेको वडाअध्यक्ष कार्कीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्