१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


घट्यो सुनचाँदीको मूल्य


962
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रूपैयाँले घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ३५ रूपैयाँले घटेर १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।