१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ताप्लेजुङमा आँखा शिविर सुरु, निःशुल्क शल्यक्रिया


468
Shares

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीन दिने आँखा शिविर सुरु भएको छ ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौंको आयोजनामा शिविर सञ्चालन भएको हो ।

सदरमुकाम फुङलिङ स्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुम लगायतबाट आँखाका बिरामीहरु सेवा लिन आएका छन् ।

शिविरमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने छ भने चश्मा र नाम दर्तामा न्यूनतम शुल्क लाग्ने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्दका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो ।

शिविर सञ्चालनका लागि मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग रहेको छ भने लायन्स क्लब आफ काठमाडौं हाम्रो रुपान्तरणले निःशुल्क औषधिको व्यवस्था गरेको छ ।