
नवलपरासी । माटोको गुणस्तर विग्रदा नवलपरासीको उब्जनीमा कमी आएको छ ।
जिल्लाको खेतियोग्य जमिनमध्ये करिब ८० प्रतिशत खेतको माटोको गुणस्तर खस्केको देखिएको हो ।
कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न ठाउँमा गरेको माटो परीक्षणमा गुणस्तर खस्केको पाइएको हो ।
माटोको परीक्षण नगरी जथाभावी रासायनिक मलको मात्रै प्रयोगले माटोको गुणस्तर बिग्रन गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले बताउनुभयो । माटो बिग्रन नदिन जैविक मल र कृषि चुना प्रयोग गर्नुपर्ने प्राविधिकहरुको सुझाव छ ।
परीक्षणका क्रममा सबैभन्दा बढी माटोमा अम्लीय र क्षारीयपन बढी देखिएको छ । राम्रो उब्जनी हुन पीएच तटस्थ रहेको माटो आवश्यक रहेको प्राविधिकहरुले बताएका छन् । नवलपरासीमा प्रमुख रुपमा धान, गहुँ, तोरी, उखु र केराको खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्