
काठमाडौं । एशियाली विकास बैंक एडीबीले नेपालको शिक्षा क्षेत्र सुधारका लागि २६ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण सहयोग स्वीकृत गरेको छ ।
एडीबीले मंगलबार नेपाल सरकारको शिक्षा क्षेत्र सुधार कार्यक्रम २०२१-२०३० परियोजनाको पहिलो ५ वर्षे अवधिको कार्यान्वयनका लागि २० करोड अमेरिकी डलर सहुलियत ऋण स्वीकृत गरेको जनाएको हो ।
परियोजना सञ्चालनबाट कोभिड प्रभावित आधारभूत तथा माध्यमिक शिक्षा क्षेत्रको सुधारका लागि सहयोग पुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्