
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले मोटरसाइकललाई समेत करको दायरामा ल्याएको छ ।
सोही गाउँपालिकाको निर्णय अनुसार एक सूचना जारी गरी मोटरसाइकललाई २०, तीन पांङग्रे अटोलाई ५०, जिप-भ्यान अटोलाई २ सय ५०, मिनी बस तथा ठूला सवारीलाई १ हजार र ट्रिपर तथा हेभी ईकिपीमेण्टलाई १ हजार ५ सय रुपैयाँ दाखिला गरी ३५ दिनभित्र दर्ता गर्न जानकारी गराएको छ । तर गाउँपालिकाले यस्ताे निर्णय गरेसँगै सिन्धुली जिल्ला भरी विरोध गरिएको छ ।
सवारीका साधनहरुले हरेक वर्ष नवीकरण गर्दा यातायात व्यवस्था कार्यालयहरुमा सरकारलाई कर बुझाउदै आएकोमा सुनकोशी गाउँपालिकाले गरेको निर्णयले सर्वसाधरणहरुलाई दोहोरो कर लाग्ने देखिएको छ । गाउँपालिकाले भने आफ्नाे पालिकाकाे आन्तरिक श्रोत बढाउनका लागि बाध्य भएर कर लगाउनु परेको जनाएको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाले यही पालिकाभित्रका अधिकांश स्थानीयले सवारी साधनहरुका संचालकहरुले अवैधानिक रुपमा लगाईएको कर तिर्न बाध्य नहुने बताउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्