
कैलाली । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाे नाता पर्ने एक जनाको मृत्यु भएको छ ।
हँसिया प्रहारबाट कैलाली जोशीपुर गाउँपालिका–६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो । भिनाजुले स्थानीय ५० वर्षीय गौरीलाल ढुंगानाले सालाे नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिनुभयाे ।
भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएकाे उहाँले बताउनुभयाे । घाइते भण्डारीको उपचारका लागि कोहलपुर रिफर गरिएको डिएसपी जोशीले बताउनुभएकाे छ । मंगलबार राति करिब ९ बजे भएको घटनापछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ ।
डिएपी जोशीले फरार भएको ढुङ्गानाको खोजीका लागि प्रहरीको २ वटा टोली परिचालन गरिएको समेत बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्