२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


जयपृथ्वी राजमार्गमा जीप दुर्घटना हुँदा ४ जना घाइते


117
Shares

बैतडी । बैतडीकाे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखानमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा जीप चालक बझाङको केदारस्यु गाउँपालिका-५ गौराडीका धनबहादुर गुरधामी, बझाङकै बुङ्गल नगरपालिका-९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली रहेका छन् । घाइते मध्ये नरपति र कालिको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

घाइते भएकाे सबै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको पनि उहाँले बताउनुभएकाे छ । बझाङबाट डडेल्धुरा जादैं गरेको से १ ज १२२६ नम्बरको जीप आज बुधबार बिहान ८ बजेतिर दुदिलाखानमा दुर्घटनामा परेको हो । दुर्घटना ग्रस्त जीप सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

जीप अनियन्त्रित भएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।