१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा सडक विस्तारको काम तीब्र गतिमा


78
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरकाे सडक विस्तारका लागि सडक क्षेत्राधिकार भित्रका संरचना भत्काउने काम तीब्र पारिएको छ ।

उपमहानगरपालिकाले पत्राचार गर्दै सरकारी संरचना भत्काउन सुरु गरेको हो । सडक क्षेत्र खाली गराएर दुई वर्षभित्र सडक विस्तारको काम पूरा गर्ने लक्ष्य उपमहानगरले लिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिईएको छ ।

दुई किलोमिटर ३ सय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउने काम भइरहेको हो । सडक क्षेत्राधिकार भित्रका अधिकांश सरकारी भौतिक संरचना उपमहानगरपालिकाले भत्काई सकेको छ ।