
काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग नयाँ प्रतिनिधि सभामा छलफल हुने बताएको छ ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताउनुभएको हो ।
उहाँले महाअभियोगमाथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधि सभामा छलफल हुने विषय जीवित रहेको बताउनुभयो । उहाँले महाअभियोग सार्वभौम सम्पन्न संसदको सम्पती भएको बताउनुभयो ।
मन्त्री कार्कीले अबको प्रतिनिधि सभामा छलफल भएर मात्रै प्रधानन्याधीशमाथिको महाअभियोगको टुंगो लाग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्