
काठमाडौं । नेपाल पत्रकार महासंघको पहलमा पत्रकारलाई ललितपुरस्थित एक क्लिनिकमा स्वास्थ्य उपचारमा छुटको व्यवस्था भएको छ ।
यसका लागि नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश र ललितपुरमा रहेको प्यासिफिक मल्टिस्पेसलिटी क्लिनिकबीच सम्झौता भएको हो ।
एक वर्षका लागि भएको सम्झौतामा प्रतिष्ठान प्रदेश र सबै शाखाहरुमा आवद्ध १४ सय ६७ पत्रकारहरुलाई ओपीडीमा ५० प्रतिशत, प्रयोगशालामा ४० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
पत्रकारका आश्रीत परिवारका अन्य ३ जना सदस्यसम्मलाई पनि छुटको व्यवस्था गरिएको जनाइको छ ।
यसले प्रतिष्ठान आवद्ध सबै श्रमजीवी पत्रकारहरुलाई राहत मिल्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्