१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेचासल्यान सार्वजनिक सुनुवाइ गर्ने पहिलो गाउँपालिका


117
Shares

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।

८ वटा स्थानीय तह रहेको जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गर्ने नेचासल्यान पहिलो बनेको हो ।

अन्य कुनै पनि पालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ गरेका छैनन् ।

नेचासल्यान गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ४६ करोड ६ लाख ८७ हजार ३० रुपैयाँ मध्ये ८ करोड १२ लाख ५६ हजार ९ सय ४४ रुपियाँ अर्थात् १७.६३ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत लबुन राईले जानकारी दिनुभयो ।